समाज


चीनलाई जापानको अनुरोधः मलद्वारबाट स्वाब लिने काम बन्द गरौं

चीनलाई जापानको अनुरोधः मलद्वारबाट स्वाब लिने काम बन्द गरौं

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ७:५३,

जापानले आफ्ना देशका नागरिक चीन प्रवेश गरेमा चीनले मलद्वारबाट स्वाब लिन बाध्य बनाउन नहुने बताएको हो।

जापानी अधिकारीहरुले भनेका छन्,‘केही मानिसहरुले एनल स्वाबको विधिका कारण मनोवैज्ञानिक समस्या निम्तिएको गुनासो गरेका छन्।’

जापानी मन्त्रिपरिषदका सचिव कात्सुनोबु कातोका अनुसार चीनस्थित जापानी दूतावासमा एनल स्वाब लिइएको गुनासो आएका छन्, जसका कारण उनीहरुले मानसिक तनाव झेलिरहेका छन्।

कोरोना भाइरसलाई नियन्त्रणमा लिन सफल देखिएको चीनले यस वर्षको जनवरीदेखि एनल स्वाब लिन थालेको बीबीसीले जनाएको छ।

गतहप्ता मात्र चीनस्थित केही अमेरिकी कूटनीतिज्ञले एनल स्वाब लिन बाध्य पारिएको गुनासो गरेका थिए। यसबीचमा चीनमा रहेका जापानी नागरिकले पनि त्यस्तै गुनासो गरेका हुन्।

तर चीनको विदेशमन्त्रालयले विदेशी कूटनीतिज्ञलाई केही विषयमा बाध्य नपारिएको प्रतिक्रिया दिएको थियो।

जापानको विषयमा भने चीनले केही बताएको छैन।

चीनमा पछिल्लो समय विभिन्न क्षेत्रमा मलद्वारको स्वाब लिन थालिएको खबरहरु आएका छन्। मलद्वारको स्वाब कोरोना पत्ता लगाउन सबैभन्दा उत्तम उपाय भएको बताइएको छ।

गत महिना सीसीटीभीलाई दिएको अन्तर्वार्तामा बेइजिङको यूआन अस्पतालका डाक्टर लि तोङजेङले भनेका थिए,‘मलद्वारबाट स्वाब लिइए यसबाट कोरोना संक्रमित पत्ता लगाउने दर बढ्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .