समाज


दुई ट्रक आपसमा जुध्दा दुबै चालकको मृत्यु, सहचालक गम्भीर घाइते

दुई ट्रक आपसमा जुध्दा दुबै चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ३:१०,

नवलपरासीको नवलपुरमा दुई ट्रक आपसमा जुध्दा दुबै चालकको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपरासी पूर्व नवलपुरको दुम्कौलीमा गए राति दुई ट्रक एकापसमा ठोक्किँदा दुबै ट्रकका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा थप दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

दुर्घटनामा ना६ख ३०११ नम्बरको ट्रककाचालक पोखरा महानगरपालिका–१५ का ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नम्बरको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको हो।

दुर्घटनामा परेका दुबै ट्रकका सहचालक तनहुँको बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन्। घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

सोमबार राति साढे १२ बजे दुर्घटना भएको हो। घाइते दुबै चालकको डन्डास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad