ad ad

समाज


कांग्रेस नेता जोशीको अझै होस खुलेन, स्वास्थ्य अवस्था स्थिर

कांग्रेस नेता जोशीको अझै होस खुलेन, स्वास्थ्य अवस्था स्थिर

नेपालखबर
फागुन १७, २०७७ सोमबार १२:६,

मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।

बिहीबार राति मस्तिष्काघात भएपछि शुक्रबार बिहान नर्भिक अस्पतालमा भर्ना भएका जोशीको सोमबार साँझसम्म होस खुलेको छैन।

जोशीका दाजु राजुराज जोशीले उनको अहिलेसम्म होस् नखुलेको बताए। उनदले डाक्टरले स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै दुई÷तिन दिनमा होस खुल्ने सम्भावना रहेको बताएको जानकारी दिए।

‘अझै होस आएको छैन, डक्टरहरुले स्वास्थ्य अवस्था स्थिर रहेको र दुई/तीन दिनमा होस खुल्न सक्ने सम्भावना रहेको बताउनुभएको छ’, नेपालखबरसँग दाजु राजुराजले भने।

उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले जोसीको स्वास्थ्य अवस्था आइतबारजस्तै स्थिर रहेको बताए।

बिहीबार राति मस्तिष्काघात भएपछि अस्पताल भर्ना भएका नेता जोशीको शुक्रबार शल्यक्रिया गरिएको हो।

सुरुमा वीर अस्पताल लगिएका जोशीलाई सिटी क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल ल्याइएको थियो।

उनलाई अहिले पनि भेन्टिलेटरमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .