समाज


रुपैडियामा ट्या‌ंकरको ठक्करबाट २ नेपालीको मृत्यु

रुपैडियामा ट्या‌ंकरको ठक्करबाट २ नेपालीको मृत्यु

नेपालखबर
साउन २५, २०७६ शनिबार २:५३,

बाँकेको सीमावर्ती रुपैडिया बजारमा ट्यांकरको ठक्करबाट दुई नेपाली महिलाको मृत्यु भएको छ।

बाँकेको कोहलपुरकी आशा सिंह भट्टराई र जुनु थापालाई टयांकरको ठक्करबाट ज्यान गएको प्रहरीले जनाएको छ।

भारतीय बजारमा घरायसी सामान किनमेल गरी फर्कने क्रममा उनीहरु चढेको भे ४ प ३८२४ नम्बरको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा दुर्घटना भएको हो।

भट्टराईको घटनास्थलमै ज्यान गएको हो भने थापाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

घटनापछि ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad