दुई नयाँ अध्ययनले कोरोना संक्रमण भइसकेका व्यक्तिले पनि खोप लगाउन जरुरी रहेको निष्कर्ष निकालेका छन्।
अनुसन्धानअनुसार कोरोना संक्रमण भएर निको भइसकेका व्यक्तिलाई खोपको एक डोज लगाए मात्र पर्याप्त हुनेछ। किनकि कोरोना संक्रमण हुँदा नै उसको शरीरमा एन्टिबडी विकास भइसकेको हुन्छ।
नयाँ अध्ययनको प्रतिवेदन पछिल्लो हप्ता प्रकाशित अन्य दुई निष्कर्षसँग मिलेको छ।
टोरन्टो विश्वविद्यालयका इम्युनोलजिस्ट जेनिफर गोर्मम्यान भन्छन्, ‘कोरोनाबाट बिरामी भई निकाे भएका व्यक्तिलाई पनि सुरक्षित गर्न आवश्यक छ। तर त्यस्ता व्यक्तिलाई खोपको एक खुराक नै पर्याप्त छ।’
नयाँ अध्ययनमा कोरोनाबाट संक्रमित व्यक्तिको रगतको नमुना विश्लेषण गरिएको थियो। स्रोत : दैनिक भास्कर

प्रतिक्रिया