चार लेनको सडकको एक लेनको २५ किलोमिटर १८ घण्टामा निर्माण सम्पन्न भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
भारतको राष्ट्रिय राजमार्ग प्राधिकरण एनएचएआईका अनुसार भिजयपुरादेखि सोलापुरको राष्ट्रिय राजमार्गमा १८ घण्टामा साढे २५ किलोमिटर सडक निर्माण गरिएको हो।
भारतको केन्द्रिय यातायात मन्त्री नितिन गड्कारीका अनुसार भारतमा पहिलोपटक १८ घण्टामा २५ किलोमिटर सडक निर्माण सम्पन्न गरिएको हो।
उनले यो कार्यलाई लिम्का बुक अफ रेकर्ड्समा राखिनेसमेत जानकारी दिएका छन्। लिम्का बुक अफ रेकर्ड्सले भारतमा हुँदै आएको अद्भूत कार्यको विषयलाई समेट्दै आएको छ।
मन्त्री गड्कारीले ५ सय कामदार सडक निर्माणमा खटेको बताउँदै आगामी अक्टोबर भित्र ११० किलोमिटरको सडक निर्माण सम्पन्न भइसक्ने पनि जानकारी दिएका छन्। टाइम्स अफ इन्डिया
राष्ट्रीय राजमार्ग प्राधिकरण (@NHAI_Official) ने हाल ही में सोलापुर-विजापुर राजमार्ग पर 4-लेनिंग कार्य के अंतर्गत 25.54 किलोमीटर के सिंगल लेन डांबरीकरण कार्य को 18 घंटे में पूरा किया है, जिसे 'लिम्का बुक ऑफ रेकॉर्ड्स' में दर्ज किया जाएगा। pic.twitter.com/tP6ACFGblP
— Nitin Gadkari (@nitin_gadkari) February 26, 2021
प्रतिक्रिया