समाज


कोरोनाबाट मृत्यु हुनेको संख्या २७ सय ६७ पुग्यो, थपिए ८३ जना

कोरोनाबाट मृत्यु हुनेको संख्या २७ सय ६७ पुग्यो, थपिए ८३ जना

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ११:८,

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ७६७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार सेनाले व्यवस्थापन गरेको शव र मन्त्रालयको तथ्याङ्कअनुसार रुजु गर्दा मृतकको संख्यामा ८३ जना थपिएसँगै जम्मा मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको हो।

 त्यस्तै पछिल्लो २४ घण्टामा भने १ जनाको मात्रै मृत्यु भएको छ। यस अवधिमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेकपामा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या ८८२ रहेको छ।

 त्यस्तै पछिल्ले २४ घण्टामा ८४ संक्रमित निको भएसँगै अहिलेसम्म २ लाख ७० हजार २२३ जना निको भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad