समाज


५० हजार घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टर र सई पक्राउ

५० हजार घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टर र सई पक्राउ

प्रकाश न्यौपाने
फागुन १३, २०७७ बिहिबार ८:५९,

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले ५० हजार रुपैयाँ घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसमेत रहेका सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीलाई बिहीबार नियन्त्रणमा दिएको अख्तियारले जनाएको छ।

फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले बताए।

घुस लिइसकेको अवस्थामा रकमसहित गैडहवा–३ बाट दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको भुसालले जनाए्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .