दक्षिण भारतीय राज्य केरलामा गत २४ घण्टाभित्र आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाइएको छ।
यस बाढीको कारण २२ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन्।
प्रत्यक्षदर्शीहरुका अनुसार केरलाको प्रायः भागमा आएको भारी वर्षापछि बाढीको प्रकोप निम्तिएको हो।
बाढीको प्रकोपबाट घरबारबिहीन भएका व्यक्तिहरुको लागि देशभरी ३ सय १५ ओटा उद्धार शिविरहरु खोलिएको सरकारी अधिकारीहरुले जनाएका छन्।
ती शिविरहरुमा ५ हजार ९३६ परिवारका २२ हजार १६५ व्यक्ति शरण लिई बसेका जनाइएको छ। रासस÷सिन्ह्वा
प्रतिक्रिया