पशुपतिनाथ मन्दिरमा सुनकाे जलहरी राखेकै दिन सर्वोच्च अदालतले नराख्न आदेश दिएको छ।
बुधबार सर्वोच्चले सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै जलहरी नराख्न भनेको हो।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चले जलहरी नराख्न अन्तरकालीन आदेश जारी गरेकै दिन विहान ११ः ४५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पशुपतिनाथ मन्दिरमा जलहरी राखिसकिएको छ।
सर्वोच्चले सरकारसँग जलहरी राख्नुको लिखित कारण माग गरेको छ भने यस विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न रिट निवेदक र सरकार दुवै पक्षलाई फागुन १७ गते छलफलमा बोलाएको छ।
प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले सो सम्बन्धी छुट्टाछुट्टै रिट दायर गरेका थिए।

प्रतिक्रिया