आगामी वर्ष हङकङ हस्तान्तरणको २५ औं वर्षगाँठको अवसरमा हुने विशेष कार्यक्रमको लागि लक्षित गर्दै मार्चपास प्रशिक्षण गराइएको जनाइएको छ।
हङकङका प्रहरी कमिस्नर क्रिस ताङ पिङ क्युङका अनुसार चिनियाँ सेनाले दिने प्रशिक्षण सन् २०२२ को जुलाई एकको हङकङ हस्तान्तरणको वर्षगाँठका दिन काम लाग्नेछ।
सोमबारदेखि त्यहाँका प्रहरीले चिनियाँ शैलीको मार्चपास सिकिरहेका हुन्।
सार्वजनिक भएका तस्बिरहरुमा वोङ चुक हाङको हङकङ पुलिज कलेज ग्राउन्डमा प्रशिक्षण भइरहेको देखिएको छ।
सरकारी स्रोतका अनुसार १० चिनियाँ जनमुक्ति सेनाले प्रशिक्षण दिइरहेका छन्। यद्यपी हालसम्म बेलायती मार्चपास शैलीलाई चिनियाँ मार्चपास शैलीले प्रतिस्थापन गर्न लागेको भन्ने विषयमा जानकारी दिइएको छैन।
३६ महिनासम्म यो परेड तथा मार्चपास प्रशिक्षण चल्नेछ। एससीएमपी
3
Shares
प्रतिक्रिया