समाज


कोरोनाको खतरा बढेसँगै महाराष्ट्रको अमरावतीमा मंगलबारदेखि कर्फ्यू

कोरोनाको खतरा बढेसँगै महाराष्ट्रको अमरावतीमा मंगलबारदेखि कर्फ्यू

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ६:२६,

बिहान ८ बजेबाट कर्फ्यू लागू गरिएको बीबीसीहिन्दीले जनाएको छ।

यस कर्फ्यूको अवधि आगामी मार्च एकको बिहान ६ बजेसम्म जारी रहनेछ।

पछिल्लो समय कोरोना संक्रमित तीव्र गतिमा बढेकाले यहाँ आपतकालीन अवस्था घोषणा गरिएको हो।

त्यहाँको स्थानीय सरकारका अनुसार कर्फ्यूको अवधिबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मानिसहरु आवश्यक कामको लागि मात्र बाहिर निस्कन पाउनेछन्।

भारत हाल विश्वमै कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको दोस्रो मुलुक हो। यहाँ हालसम्म १ करोड १० लाख १६ हजारमा कोरोना पुष्टि भइसकेको छ।

संक्रमितमध्ये १ लाख ५६ हजारको यहाँ मृत्यु भइसकेको छ। भारतमा गत जनवरी १६ देखि नै कोरोना खोप कार्यक्रम सुरुवात भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad