समाज


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

नेपालखबर
फागुन ८, २०७७ शनिबार ६:४७,

पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आईएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ।

शुक्रबार मे११प ४४७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए।

घाइते आचार्यको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचार भइरहेको छ। दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad