हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहीबार साँझ) पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्यसम्म बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
तर आज राति उच्च पहाडी तथा हिमाली भेगमा एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
यस्तै शुक्रबार दिउँसो पनि उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।साथै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको बिहीबार साँझ ६ बजे महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
यस्तै शुक्रबार राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपात हुन सम्भावना छ।साथै पहाडी भेगकै एक दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना छ।
त्यसैगरी शनिबार दिउँसो प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति भने कतै हिमपात तथा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आगामी २४ घण्टा (शुक्रबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन सम्बन्धित सबैमा अनुरोध छ।
Shares
प्रतिक्रिया