मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज (बुधबार) दिउँसो उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
साथै प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
यसैगरी राति पनि उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वाुनमान बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार बिहीबार र शुक्रबारको मौसम पूर्वानुमान यस्तो छ-
बिहीबार
दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राती : प्रदेश नं १ मा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
शुक्रबार
दिउँसो : प्रदेश १, र प्रदेश २, लागायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राती : प्रदेश १, र प्रदेश २, लागायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना तथा तराईका थोरै भूभागमा बिहानीपख हुस्सु कुहिरो लाग्न सक्ने हुँदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएकोले यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन सम्बन्धित सबैमा अनुरोध छ।

प्रतिक्रिया