समाज


अफगानिस्तान र इरानको सिमानामा इन्धन ट्यांकर विस्फोट, पाँच सय गाडीमा आगलागी

अफगानिस्तान र इरानको सिमानामा इन्धन ट्यांकर विस्फोट, पाँच सय गाडीमा आगलागी

नेपालखबर
फागुन २, २०७७ आइतबार ११:०,

अफगानिस्तानको टोलो न्युज एजेन्सीका अनुसार शनिबार मध्यान्न एउटा इन्धन ट्यांकर विस्फोट भएको थियो।

त्यस लगत्तै उक्त ट्यांकरको आगोको झिल्काहरु छरपस्ट भएका थिए। सो क्रममा पाँच सय वटा गाडीमा आगलागी भएको बताइएको छ।

अफगानिस्नातको हेरत प्रान्तको भन्सार कार्यालयमा राखिएको इन्धन ट्यांकर विस्फोट भएको हो। यस घटनामा १७ जना घाइते भएका छन्।

हाल उनीहरु सबैको हेरत क्षेत्रीय अस्पतालको इस्लाम कला क्लिनिकमा उपचार भइरहेको छ।

प्रत्यक्षदर्शीहरुका अनुसार इन्धन ट्यांकर विस्फोट भएको क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको थियो।

आगलागीले इरानी क्षेत्रमा भने असर नपुगेको बताइएको छ। सीएनएन

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad