ad ad

समाज


डब्लूएचओको कोरोनाबारे अनुसन्धान नमान्ने अमेरिकी भनाइपछि चीन रुष्ट, यसो भन्यो...

डब्लूएचओको कोरोनाबारे अनुसन्धान नमान्ने अमेरिकी भनाइपछि चीन रुष्ट, यसो भन्यो...

नेपालखबर
फागुन २, २०७७ आइतबार १०:४३,

अमेरिकी अधिकारीहरुले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको आरोप लगाउँदै आएका छन्।

तर डब्लूएचओले गरेको अनुसन्धानमा वुहानको प्रयोगशालाबाट कोरोना फैलिएको नदेखिएपछि अमेरिकाले उक्त अनुसन्धान नमान्ने बताएको हो।

आफ्ना देशका वैज्ञानिक तथा सहयोगी राष्ट्रहरुले डब्लूएचओको रिपोर्टलाई पुष्टि गरेमात्र अमेरिकाले रिपोर्ट मान्यता दिने बताएको छ।

यसबीचमा अमेरिकास्थित चीनको दूतावासले अमेरिकाले डब्लूएचओलाई जानाजान कमजोर पारिरहेको आरोप लगाएको छ।

दूतावासले भनेको छ,‘अमेरिकाले विश्व स्वास्थ्य संगठनको निकायलाई गम्भीर रूपमा कमजोर पारिरहेको छ। उसले अमेरिकाले डब्लूएचओलाई सहयोग गरिरहेका मुलुकलाई दोष दिइरहेको छ।’

विश्वभरका चिकित्सकको प्रतिनिधि डब्लूएचओमा भएकाले यस संस्थालाई विश्वसनीय मानिन्छ।

तर गतवर्ष अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ चीन केन्द्रित भएको आरोप लगाउँदै दिँदै आएको सहयोग रोक्का गरेको थियो। एससीएमपी

यो पनिः चीनको प्रयोगशालाबाट कोरोना फैलिएको होइन भन्ने डब्लूएचओको अनुसन्धान अमेरिकाले नमान्ने

चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको देखिँदैनः डब्लूएचओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .