ad ad

समाज


चीनको प्रयोगशालाबाट कोरोना फैलिएको होइन भन्ने डब्लूएचओको अनुसन्धान अमेरिकाले नमान्ने

चीनको प्रयोगशालाबाट कोरोना फैलिएको होइन भन्ने डब्लूएचओको अनुसन्धान अमेरिकाले नमान्ने

नेपालखबर
माघ २९, २०७७ बिहिबार ११:४३,

डब्लूएचओको अनुसन्धानले चीनको प्रयोगशालाबाट कोरोना फैलिएको हो भन्ने दाबीलाई अस्वीकार गरेको छ।

डब्लूएचओको टोलीको नेतृत्व गर्दै चीन पुगेका डाक्टर पिटर बेन इमबारेकले हालै भनेका थिए,‘कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको देखिँदैन, त्यसको सम्भावना अत्यन्तै कम छ।’

बुधबार अमेरिकाले डब्लूएचओको अनुसन्धानलाई स्वीकार नगर्ने बताएको हो। अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले अमेरिकाले डब्लूएचओको अनुसन्धान नमान्ने बताएका हुन्।

आफ्ना वैज्ञानिक तथा सहयोगीहरुले उक्त अनुसन्धानलाई पुष्टि नगरेसम्म अमेरिकाले अनुसन्धानलाई नमान्ने उनकाे भनाइ छ।

यसबीचमा कोरोनाको पहिलो संक्रमित वुहानमा देखिएपनि वुहानमै कोरोना उत्पत्ति नभएको चिनियाँ वैज्ञानिकहरु बताउँदै आएका छन्।

अमेरिकी अधिकारीहरुले कोरोना भाइरस वुहानको प्रयोगशालामा बनेको र त्यहीँबाट फैलिएको आशंका व्यक्त गर्दै आएका छन्। एससीएमपी

यो पनिः चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको देखिँदैनः डब्लूएचओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .