समाज


इरान-अफगानिस्तान सीमामा तेल ट्यांकरमा आगलागी, धेरै जना हताहती (भिडिओ)

इरान-अफगानिस्तान सीमामा तेल ट्यांकरमा आगलागी, धेरै जना हताहती (भिडिओ)

नेपालखबर
फागुन २, २०७७ आइतबार १:१५,

इरान–अफगानिस्ताको सीमानजिक तेल भरिएको ट्यांकरमा आगलागी हुँदा धेरै मानिस हताहती भएका भएका छन्। तर कति जना भन्ने खुलिसकेकाे छैन। 

अफगानी अधिकारीका अनुसार इरानको सीमा पार गरी अफगानिस्तान आएको तेल ट्यांकर सीमा शुल्क कायाृलयअगाडि राखिएको थियो। त्यस क्रममा अचानक आगलागी भएको हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार, सोसल मिडियामा पोस्ट गरिएको एउटा भिडिओमा हेरात प्रान्तको इस्लाम काला शहरको भन्सार क्षेत्रबाट आकाशमा धुवाँ उडिरहेको देख्न सकिन्छ।  

हेरातका गभर्नरको भनाइ उधृत गर्दै रोयटर्सले लेखेको छ– आगलागी नियन्त्रणका लागि इरानी अधिकारी र नेटोको नेतृत्व गर्ने अफगान सुरक्षा बल घटनास्थल गएका छन्। साथै त्यहाँ अग्नि नियन्त्रक र एम्बुलेन्स पनि पठाइएको छ। तर आगलागी नियन्त्रण गर्न कठिन भइरहेको छ। 

समाचार एजेन्सी एपीका अनुसार आगलागीमा कति जना हताहती भए भन्नेबारे अहिले भन्न सकिने अवस्था छैन।

यस्तै तेल ट्यांकर विस्फोट भएका कारण आगलागी भएको अनुमान गरिए पनि यसबारे स्पष्ट भइसकेको छैन।

इरानी न्युज एजेन्सी आईएसएनएका अनुसार आगलागीका कारण सीमामा रोकिएका सयौं ट्रक जलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad