समाज


प्रदेश २ मा ३५६ किलोमिटर पक्की सडक निर्माण

प्रदेश २ मा ३५६ किलोमिटर पक्की सडक निर्माण

नेपालखबर
फागुन १, २०७७ शनिबार २३:५८,

प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५(७६ देखि हालसम्म प्रदेशभर ३५६ किलोमिटर पक्की सडकको निर्माण गरेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा शनिबार जनकपुरमा आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।

प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको जनाइएको छ । सोही क्रममा ३० वटा पुल निर्माणका क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माणकार्य सम्पन्न भएको छ।

नीति तथा कार्यक्रममा रहेको १० वटा झोलुङ्गे पुलमध्ये तीनवटाको निर्माण कार्य सम्पन्न भएको छ । सिँचाइतर्फ १६५ वटा नहर प्रणालीको मर्मतसम्भार गरी पानी सञ्चालन, प्रदेशका आठवटै जिल्लामा दुई क्लस्टर सिँचाइअन्तर्गत पावर ड्रिल टयुबवेल निर्माणबाट प्रदेशका १६ हजार खेतीयोग्य जमीनमा सिँचाइ सुविधा प्रदान गरिने योजनाको शुरूआत गरिएको छ।

सो अवधिमा २४० वटा डिप टयुबवेल तथा ३३ वटा पावर ड्रिल टयुबवेल निर्माण, प्रदेशका पाँच हजार ४३० हेक्टर थप जग्गाको सिञ्चित क्षेत्रफलमा वृद्धि भएको बताइएको छ । नदी कटान र डुबानबाट एक हजार ५०० हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्तीलाई संरक्षण गरिएको छ।

खानेपानीतर्फ २० वटा नयाँ खानेपानी योजनाको शुरूआत, ६५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यस अवधिमा २६ धर्मशाला, नौ दलित छात्रावास र आठवटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको बताइएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले यी उपलब्धि सार्वजनिक गर्दै जनता आवासतर्फ चार हजार ६५९ घर निर्माणको सम्झौता भएकोमा हालसम्म दुई हजार १०१ घर निर्माण भई हस्तान्तरण भइसकेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad