प्रहरीले ललितपुरको धापाखेलमा रहेको एक अपार्टमेन्टबाट ठूलो परिमाणमा नगदसहित १२ जुवाडे पक्राउ गरेको छ। प्रहरीले ललितपुर महानगरपालिका २३ स्थित धापाखेलको डाउनटाउन अपार्टमेन्टमा बुधबार राति छापा मारेको हो।
अपार्टमेन्टको ५१० नम्बरमा कौडा खेल्दै गर्दा १२ जना पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ८ लाख ४० हजार नगद, कौडा, एक सेट पासा र एक बुक तास समेत बरामद भएको छ।
उक्त अपार्टमेन्ट रञ्जित महर्जन नाम गरेका व्यक्तिको रहेको प्रहरीले जानकारी दिएको छ।
6
Shares
प्रतिक्रिया