समाज


सत्यमोहन जोशीले गरे शरीर दानको घोषणा

सत्यमोहन जोशीले गरे शरीर दानको घोषणा

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार १४:२८,

शताब्दी पुरुष सत्यमोहन जोशीले मृत्युपछि शरीर दानको घोषणा गरेका छन्।

सत्यमोहन र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका हुन्।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिए।

शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतीमा हस्ताक्षर गरेका हुन्।

शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताए।
घोषणा कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान दिन गरेर माइलस्टोन कोरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad