समाज


कोरियाली प्रायद्वीपबारे दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

कोरियाली प्रायद्वीपबारे दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ८:३२,

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ।

उनीहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको छ। दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो।

उनीहरुबीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको हो।

यसका साथै अरु पनि क्षेत्री र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको हो। उनीहरुका बीचमा आगामी दिनमा कोरियाली प्रायद्वीपमा निसस्त्रीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो।

उनीहरुले उत्तर कोरियाको विषयमा फोनमा कुराकानी गरेका थिए। उत्तर कोरियालाई आगामी दिनमा निसस्त्रीकरण के कसरी गर्न सकिन्छ भन्ने बरेमा पनि त्यस अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ।

यसका साथै उनीहरु आगामी केही समयमा नै भेटेर द्विपक्षीय वार्ता गर्ने सहमति गरेका छन्। उनहरुले आगामी दिनमा जतिसक्दो चाँडो नै द्विपक्षीय वार्ता गर्ने बताएका हुन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad