ad ad

समाज


विद्युत आयोजनाको जीप दुर्घटना हुँदा दुई इन्जिनियरसहित तीनको मृत्यु, तीन घाइते

विद्युत आयोजनाको जीप दुर्घटना हुँदा दुई इन्जिनियरसहित तीनको मृत्यु, तीन घाइते

नेपालखबर
माघ २९, २०७७ बिहिबार १६:११,

लमजुङ दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ।

बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप बिहीबार साँझ उक्त गाउँपालिका वडा नं ६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई, स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका वडा नं १० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सडकबाट १२० मिटर तल जीप खसेको र दुर्घटना हुनुका कारण भने खुली नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए। उनका अनुसार तीन जना घाइते भएका छन्। घाइते हुनेमध्ये एक जना सोही आयोजनामा कार्यरत धरान घर भएका सुनिलकुमार शाह रहेको र अन्य दुई जना एक महिला र बच्चाको ठेगाना भने खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ।

प्रहरीका अनुसार घाइतेको टाउको खुट्टा टाउकामा चोट लागेको छ। उपचारका लागि बेँसीशहर नगरपालिकामा रहेको जिल्ला अस्पतालमा ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए। प्रहरीका अनुसार मृत्यु हुने तीन जना र घाइते हुने एक जनासहित आयोजनामा कार्यरत चार जना कर्मचारी दुर्घटनामा परेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .