ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोग तथा सोही संस्था र नेपाल पत्रकार महासंघको सहकार्यमा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पत्रकारहरुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल–पुनर्निर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मान प्रदान गरिने भएकाे छ।
नेपालमा २०७२ वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प र तत्पश्चातका पराकम्पका कारण मुलुकमा पुगेको भौतिक क्षतिको सिघ्र पुनर्निर्माण गर्ने उद्देश्यसहित भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भइरहेको पुनर्निर्माण कार्य सम्बन्धमा गत पुस २० देखि माघ २० सम्म प्रकाशित प्रसारित समाचार सामग्रीसहितको विवरण पठाउन सार्वजनिक आह्वान गरिएको थियो।
१४ जिल्लाका महासंघ शाखामा पत्राचार गरिएकोमा प्राप्त भएका समाचार सामग्रीहरु मध्ये संयुक्त मूल्याकंन समितिले मूल्याकंन गरेका विभिन्न जिल्लाका पुर्ननिर्माणसँग सम्वन्धित १४ उत्कृष्ट समाचार सामग्रीको विवरण महासंघ केन्द्रीय कार्यालयमा प्राप्त भएको महासंघले जनाएको छ। सोही १४ समाचार सामग्री प्रवाह गर्ने १४ जना पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गरिएको हो।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुननिर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मानका लागि छनौट भएका पत्रकारहरुलाई आउँदो फाल्गुन २ गते दिउसो १ वजे महासंघ केन्द्रीय कार्यालयमा एक कार्यक्रममा नगद रु. १२ हजार र प्रमाणपत्रद्वारा सम्मान गरिने छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुनर्निर्माण र पुनर्स्थापना लेखनवृत्तिबाट सम्मानित हुने पत्रकारहरुको नामावली निम्नानुसार रहेको छ ।
१) भिमलाल श्रेष्ठ गोरखा २) नवराज छत्कुली धादिङ, ३) मोतीराम तिमल्सिना काभ्रे, ४) राजकुमार कार्की सिन्धुली, ५ अनुकुमारी आचार्य रसुवा, ६) विद्या राई काठमाडौं, ७) दुर्गा आचार्य सिन्धुपाल्चोक, ८) सम्झना रिजाल मकवानपुर, ९) शिवप्रसाद ढुंगाना ओखलढुंगा, १०) रामहरी कार्की ललितपुर, ११) सम्झना पौडेल भक्तपुर, १२) शर्मिला उप्रेती नुवाकोट, १३) उषा तामाङ्ग दोलखा र १४) जानुका पौडेल रामेछाप।

प्रतिक्रिया