ad ad

राजनीति


भ्रममा परेर ओली समूहका गएकाहरु फर्कने क्रम बढ्दो छ : प्रचण्ड

भ्रममा परेर ओली समूहका गएकाहरु फर्कने क्रम बढ्दो छ : प्रचण्ड

नेपालखबर
माघ २९, २०७७ बिहिबार ११:४३,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रममा परेर केपी ओली समूहमा गएकाहरु फर्कने क्रम बढ्दो रहेको बताए।

बिहीबार काठमाडौँमा उपलब्ध सोलुखुम्बुका कार्यकर्तालाल्ई चाबहिलको नवदुर्गा पार्टी प्यालेसमा प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले आर्टी आफूहरुकै नेतृत्वमा एकढिक्का भएर अगाडि बढ्ने बताए।

बुधबार भएको आमसभामा प्रचण्डडले ओलीले मन्त्री बनाएका दुई जना फर्कनका लागि आफूसँग वाताकमा रहेको बताएका थिए। बिहीबार प्रचण्डले यो क्रम त्यो भन्दा पनि अघि बढेको बताए।

‘भ्रममा परेर केही साथी उता जानुभएको थियो, अब उताबाट यता आउने क्रम सुरु भएको छ’, प्रचण्डले भने, ‘आजसम्म आउँदा हिजो भनेभन्दा अझै अगाडि बढेको छ, केही साथीहरु प्रवेश नै गरिसके। एक जना सांसदलाई मैले आजै भेटेँ।’ उनले यो क्रम बढ्दो रहेको र केही दिनमै आफूहरु एकढिक्का हुने बताए।

उनले ओलीले पार्टी र सरकार सञ्चालनमा विधि र प्रक्रियाबाहिर गएका कारण अहिलेको समस्या आएको बताए। ‘केपी राजनीति र विचार तथा विधि र प्रक्रियाको हिसाबले पनि निरंकुशतातिर गएकाले राजनीतिक संकट पैदा भएको हो’, प्रचण्डले भने।

उनले ओलीले बैठक बस्न पनि नचाहने र केन्द्रीय समितिको निर्णय पनि नमान्ने गरेको बताए।

उनले ओली संसदलाई विश्वास गरेर विश्वासको मत लिन गएको भए देश संकटमा नपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .