समाज


ललिता निवास प्रकरण : शोभाकान्त ढकाललाई सदरखोर पठाइयो

ललिता निवास प्रकरण : शोभाकान्त ढकाललाई सदरखोर पठाइयो

नेपालखबर
माघ २९, २०७७ बिहिबार ०:२१,

बालुवाटारस्थित ललितनिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बुधबारको सुनुवाइपछि ढकाललाई विशेष अदालतले सदरखोर डिल्लीबजार पठाइएको हो। ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने अदालतले यस अघि नै धरौटीमा छाडेको थियो। 

विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालाई ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त मानेको छ।

अख्तियारले ढकालविरूद्ध ३९ करोड २८ लाख बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

ललिता निवास प्रकरणमा दोषी देखिएका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि विशेष अदालतले यसअघि नै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad