समाज


विदेशको भिसा लगाइदिन्छु भन्दै सामाजिक सञ्जालबाट दुई करोड ठगी

विदेशको भिसा लगाइदिन्छु भन्दै सामाजिक सञ्जालबाट दुई करोड ठगी

नेपालखबर
माघ २७, २०७७ मंगलबार १२:४६,

सामाजिक सञ्जालको दुरुपयोग गरी एक व्यक्तिले दुई करोड रुपैयाँ ठगी गरेको पाइएको छ।

फेसबुक, ह्वाट्सएप, इमो, फेक ईमेलबाट सिंगापुर, लण्डन, कोरियाको नागरिक हुँ भनी विभिन्न व्यक्तिलाई फ्रेण्ड रिक्वेस्ट पठाई प्रलोभनमा पारेर ठगी गरेको आरोपमा प्रहरीले झापाका पंकज पौडेलीलाई पक्राउ गरेको छ।

उनले फेसबुकमा कुराकानी गरी विश्वास दिलाई पीडितहरुलाई नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवं गिफ्ट पठाएको, रोजगारीको लागि भिषा लगाइदिने आश्वासन दिएर पार्सल एवं गिफ्टका सामान प्राप्त गर्नको लागि भन्सार शुल्क तिर्नुपर्छ भनी भारतबाट फोन समेत गर्ने गरेका थिए।

उनले नेपालमा रहेका विभिन्न व्यक्तिहरुको नाममा रकम पठाउनू भनी नाम समेत दिई हालसम्म विभिन्न पीडित व्यक्तिबाट २६ लाख ८० हजार आईएमई गरी विभिन्न व्यक्तिको नाममा रकम पठाउन लगाई ठगी गरेको पीडित व्यक्तिको निवेदन परेको आधारमा अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको हो।

त्यसरी पठाएको रकम निकाल्दा रकम पठाउने व्यक्तिहरुको सवारी चालक अनुमति पत्रमा एउटै फोटो प्रयोग गरी नक्कली सवारी चालक अनुमति पत्र पेश गरेर रकम लिने गरेको अनुसन्धानको क्रममा भेटिएको महाशाखाले जनाएको छ।

अनुसन्धानको क्रममा पौडेलीले १ करोड ९५ लाख १२ हजार विभिन्न व्यक्तिबाट प्राप्त गरेको रेकर्ड समेत फेला परेको छ। पक्राउको क्रममा उनका साथमा १३ लाख ९५ हजार रूपैयाँ र २ थान मोबाइल बरामद गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad