ad ad

समाज


गोली हानेर छोरीको हत्या गरी फरार महरा चार दिनपछि समातिए

गोली हानेर छोरीको हत्या गरी फरार महरा चार दिनपछि समातिए

गोकुल जोशी
माघ २७, २०७७ मंगलबार ८:४६,

गोली हानेर आफ्नै छोरीको हत्या गरेर फरार रहेका बैतडीको पुर्चौडी नगरपालिका–१० का धनबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार अभियुक्त महरालाई मंगलबार दिउँसो दोगडाकेदार गाउँपालिका–८, माल्लेखबाट नियन्त्रणमा लिइएको हो।

बहुविवाह गरेका धनबहादुर र उनकी श्रीमतीबीच भएको झगडा छुट्याउने क्रममा माइतीघर बसिरहेकी पुर्चौडी नगरपालिका–३ जोग्गौडाकी २० वर्षीया छोरी बेलमती धामी महरामाथि धनबहादुरले गोली प्रहार गरी हत्या गरेका थिए।

घटनापछि फरार धनबहादुरलाई चार दिनपछि प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।

‘महरालाई नियन्त्रणमा लिन सफल भएका छौँ। तर, उनले लिएर हिँडिरहेको बन्दुक भने अझै फेला परेको छैन’, प्रहरी निरीक्षक धामीले भने, ‘बन्दुक लुकाएको भनिएको स्थानमा अहिले हामीहरु खोजी गरिरहेका छौँ।’

गोली लोड गरिएको भरुवा बन्दुकसहित फरार धनबहादुरले छोरीको हत्यापछि पनि शनिबार राति गाउँमा आतंक मच्चाएका थिए। सोही रात उनले आफ्नै घरमा आगजनी गर्नुका साथै बन्दुक देखाउँदै स्थानीयलाई धम्क्याएका थिए।

पक्राउ परेका महरालाई ईलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ।उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा र हतियार खरखजनाअन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

याे पनि : बैतडीमा गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या

 बैतडीमा बाबुले किन हाने आफ्नै छोरीलाई गोली?

गोली हानेर छोरीको हत्या गर्ने महराले गाउँमा मच्चाए आतंक, मध्यराति आफ्नै घरमा आगजनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .