समाज


‘अपरेसन महाहण्ट’ : हतियारसहित थप तीन जना पक्राउ

‘अपरेसन महाहण्ट’ : हतियारसहित थप तीन जना पक्राउ

नेपालखबर
माघ २६, २०७७ सोमबार १२:१५,

बाँके राष्ट्रिय निकुञ्‍जमा सञ्चालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका–३, बस्ने वर्ष २० का वीरबहादुर पुन मगर, वर्ष ३८ का रमेश घर्ति र वर्ष २६ का खेमबहादुर थापा रहेका छन्। उनीहरुबाट दुई नाल भरुवा बन्दुकसकेत बरामद भएको नेपाली सेनाले जनाएको छ।

हतियारसहित निकुञ्‍ज ईलाकाभित्र हर्कत गरेको र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा माघ २१ गते ६ नाल बन्दुकसहित पक्राउ परेका ९ जनालाई सोधपुछ गर्ने क्रममा शिकारी समूहका थप ३ जना पक्राउ परेका हुन्।

पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad