कारोबार


नेपालसँग १४ महिनाको वस्तु आयात धान्नसक्ने विदेशी पैसा सञ्चिति, कति रकम छ ढुकुटीमा?

नेपालसँग १४ महिनाको वस्तु आयात धान्नसक्ने विदेशी पैसा सञ्चिति, कति रकम छ ढुकुटीमा?

नेपालखबर
माघ २६, २०७७ सोमबार ११:५६,

नेपालको विदेशी मुद्रा सञ्चिति ६.६ प्रतिशतले बढेको छ।

२०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पुस मसान्तसम्म आइपुग्दा १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ पुस मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा१२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ पुस मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १३ खर्ब १८ अर्ब ६६ करोड पुगेको हो।

राष्ट्र बैंकले आज विवरण सार्वजनिक गर्दै भनेको छ, ‘कुल विदेशी विनिमय सञ्चिति (पुस मसान्त)संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ पुस मसान्तमा ०.४ प्रतिशतले कमी आई १ खर्ब ७५ अर्ब ९ करोड कायम भएको छ। हाल कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.७ प्रतिशत रहेको छ।’

आर्थिक वर्ष २०७७/७८ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.९ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad