साउथ चाइना मर्निङ पोस्टका अनुसार जापानको सेनकाकु टापुलाई चीनले आफ्नो भएको दाबी गर्दै आएको छ। शनिबार चिनियाँ तटरक्षक जहाज सोही क्षेत्रमा पुगेको हो।
सोमबारदेखि चीनले नयाँ तटरक्षक कानुन लागू गर्दैछ। सोही कानुनअनुसार शनिबार चीन आफूले दाबी गर्दै आएको जापानी जलक्षेत्रमा पुगेको बताइएको छ।
चिनियाँ कानुनअनुसार विदेशी जहाजहरु अवैधानिक रुपमा चिनियाँ जलक्षेत्रमा पसे चिनियाँ पक्षले हतियार प्रयोग गर्न पाउनेछन्।
तर जापानी तटरक्षकले भने चिनियाँ जहाजहरु अवैधानिक रुपमा जापानी जलक्षेत्रमा घुसेका थिए। यो जापानी जलक्षेत्र भएपनि चीनले दाबी गर्दै आएको छ।
यस क्षेत्रमा चिनियाँ र जापानी तटरक्षकबीच यस वर्षमात्र चारपटक विवाद भइसकेको छ।
उता चिनियाँ पक्षले भने चीनको दियाओयु जलक्षेत्रमा पसेकाले दुई जापानी माछा मार्ने जहाजलाई चेतावनी दिएको जानकारी दिएको छ। एससीएमपी
प्रतिक्रिया