ad ad

समाज


जनप्रतिनिधिले एम्बुलेन्स बिक्री गरेपछि स्थानीय आक्रोसित

जनप्रतिनिधिले एम्बुलेन्स बिक्री गरेपछि स्थानीय आक्रोसित

नेपालखबर
माघ २४, २०७७ शनिबार २:९,

मोरङको बेलबारी नगरपालिकाका जनप्रतिनिधिले एम्बुलेन्स बिक्री गरेको खुलेको छ।

अशक्त एवं असहाय बिरामीलाई सहज रूपमा अस्पताल र स्वास्थ्य संस्थासम्म पुर्याउन खरिद गरिएको एम्बुलेन्ससमेत जनप्रतिनिधिले बिक्री गरेपछि स्थानीय आक्रोसित भएका छन्।

लायन्स क्लब अफ बेलबारीले सामाजिक हितका लागि खरिद गरेको एम्बुलेन्स जनप्रतिनिधिलगायतको मिलोमतोमा बिक्री गरिएको क्लबका अध्यक्ष खेमप्रसाद गौतमले जानकारी दिए। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गौतमले क्लाबको एम्बुलेन्स जनप्रतिनिधिले बेचेको जानकारी दिए।

लायन्स क्लब बेलबारीले सन् २०११ मा सांसद विकास कोषको तीन लाख र क्लबका अन्य सदस्यबाट रकम सङ्कलन गरी राजश्व छुटमा ११ लाख रुपैयाँमा खरिद गरेकोे को१च ५७९४ नम्बरको टाटा सुमो सेतो रङको एम्बुलेन्स जनप्रतिनिधिले बिक्री गरेका हुन्।

२०७० सालमा नगरपालिकाका हालका प्रवक्ता तथा वडा नं–३ का वडाध्यक्ष योगेन्द्र सुवेदीको संयोजकत्वमा बिक्री समिति बनाएर एम्बुलेन्स बिक्री गरिएको हो।

एम्बुलेन्स बिक्री भएपछि हरेक वर्ष क्लबका अध्यक्ष परिवर्तन भए पनि यसको खोजी भएको थिएन। सन् २०२० मा आफू नेतृत्वमा आएपछि एम्बुलेन्स खोजी गरिएको गौतमले बताए।

पटक÷पटक पुरानो समितिसँग यसबारे जानकारी माग्दा बेवस्ता गरिएको उनको भनाई छ। गरीब तथा असहायको हितमा खरिद गरिएको एम्बुलेन्स अविलम्ब क्लबलाई फर्काउने व्यवस्थाका लागि सबैसँग अध्यक्ष गौतमले आग्रह गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .