समाज


प्रधानमन्त्रीको आमसभामा पत्रकारमाथि दुर्व्यवहार गरिएकोप्रति महासंघको आपत्ति

प्रधानमन्त्रीको आमसभामा पत्रकारमाथि दुर्व्यवहार गरिएकोप्रति महासंघको आपत्ति

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १४:४९,

नेपाल पत्रकार महासंघले नेकपा ओली समूहद्वारा आज आयोजना गरिएको आमसभाको समाचार संकलनका क्रममा पत्रकारहरुमाथि दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएको छ।

महासंघले कान्तिपुर दैनककी पत्रकार विनु सुवेदी र नयाँपत्रिका दैनिकका पत्रकार दिपेश शाहीलगायतमाथि नेकपा कार्यकर्ताबाट दुर्व्यवहारको भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काठमाडौंको दरबारमार्गमा भएको आमसभाको समाचार संकलन गर्न पुगेका सुवेदी र शाहीलगायतका पत्रकारलाई प्रेसको परिचय दिएर प्रेस पास देखाउँदा देखाउँदै नेकपा कार्यकर्ताबाट समाचार संकलनमा अवरोध गर्दै दुर्व्यवहार गरिएको महासंघले जनाएको छ।

‘स्वतन्त्र रूपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई लक्षित गरी समाचार संकलनमा अवरोध खडा गर्दै गरिएको दुर्व्यवहारको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’ शुक्रबार विज्ञप्ति जारी गरी महासंघले भनेको छ, ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ। र, पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दै महासंघ पत्रकारलाई स्वतन्त्र र निर्वाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad