समाज


धनुषामा युवकको शव भेटियो, पहिचान खुल्न सकेन

धनुषामा युवकको शव भेटियो, पहिचान खुल्न सकेन

नेपालखबर
साउन २२, २०७६ बुधबार ७:३३,

धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पानी ट्यांकीमा एक युवकको लास फेला परेको छ।

बुधबार बिहानै किसान खेतमा जाँदा ती युवकलाई धानबारीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो। अन्दाजी ३८ वर्षीय ती युवकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

मृत्यु कसरी भएको भन्नेबारे अस्पतालको रिपोर्ट आएपछि मात्र बताउन सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad