ad ad

समाज


कामबाट निकालिएका पत्रकारलाई फिर्ता बोलाउन प्रगतिशील पत्रकार संघको माग

कामबाट निकालिएका पत्रकारलाई फिर्ता बोलाउन प्रगतिशील पत्रकार संघको माग

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १०:५९,

प्रगतिशील पत्रकार संघ, नेपालले कोरोना संक्रमणको बहानामा कामबाट निकालिएका पत्रकारहरुलाई काममा फिर्ता बोलाउन माग गरेको छ।

दाङको भालुबाङमा सम्पन्न संघको बैठकले कुनै पनि बहानामा श्रमजीवीहरुलाई कामबाट निकाल्ने वा पारिश्रमिक नदिने कुराको विरोध गरेको छ।

समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संघका सचिव श्यामलाल पोखरेलले कामबाट निकालिएका पत्रकारहरुलाई काम गर्ने वातावरणसहित फिर्ता बोलाउन माग गरेका छन्।

बैठकले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब बिनासर्त उपलब्ध गराउन मिडियाहाउसहरुलाई आग्रह गरेको छ। पारिश्रमिक नदिने मिडियाहाउसहरुलाई दवाव दिने र कारवाहीको माग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

संघले सातवटै प्रदेश समितिको पुनर्गठनसमेत गरेको छ। यस्तै, महासंघको निर्वाचन तयारीका लागि अध्यक्ष उदय जिएमको नेतृत्वमा वार्ता समितिसमेत बनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम प्रतिगामी र असंवैधानिक भएको ठहर गर्दै संसद पुनर्स्थापनामा जोड दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .