त्यहाँका प्रधानमन्त्री स्कट मरिससले सोमबार सो कुराको जानकारी दिएका हुन्।
यस प्रयोजनका लागि प्रधानमन्त्री मरिसनले सरकारले १९ अर्ब अस्ट्रेलियन डलर बराबरको बजेट छुट्याइएको बताए।
उनले खोप कार्यक्रमका लागि छुट्याइएको यो रकम अस्ट्रेलियाको इतिहासमै सबैभन्दा ठूलो रकम भएको पनि जानकारी दिए।
अस्ट्रेलियाले यो कार्यक्रम अन्तर्गत यहाँका कम्तीमा पनि २ करोड ५० लाख अष्ट्रेलियाली नागरिकलाई खोप दिइने स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
यस प्रयोजनका लागि अष्ट्रेलियाले एक करोड डोज फाइजरको खोप बुकिङ गरिसकेको छ र यी डोजहरु पहिलो चरणमा लगाइने छ।
त्यसपछि विस्तारै आवश्यकता अनुसार अरु डोजहरु पनि लगाइने छ। रासस/सिन्ह्वा
3
Shares
प्रतिक्रिया