समाज


भारतमा एउटै कक्षाका ११–१४ वर्षका २२ बालबालिकामा कोरोना संक्रमण

भारतमा एउटै कक्षाका ११–१४ वर्षका २२ बालबालिकामा कोरोना संक्रमण

नेपालखबर
माघ १८, २०७७ आइतबार १२:५६,

भारतमा कोरोना संक्रमण हुने क्रम निरन्तर घटिरहेका बेला छत्तीसगढ राज्यको कोन्डागाउँ जिल्लामा एकै कक्षाका २२ बालबालिका संक्रमित भेटिएपछि स्थानीय स्तब्ध भएका छन्।

जिल्लाको बडेराजपुर विकाखण्डस्थित मोहल्ला कक्षामा २२ बालबालिका कोरोना पोजिटिभ पाइएका हुन्। राज्यमा दैनिक ५ सय जना कोरोना संक्रमित थपिने गरेका छन्।

घटनाबारे जानकारी दिँदै सीएचएमओ डा. टीआर कुँवरले भने कि बडेराजपुर विखण्डबाट सञ्चालित मोहल्ला कक्षामा एक बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अस्पताल लगिएको थियो। जाँच गर्दा उनमा कोरोना पोजिटिभ पाइयो। त्यसपछि कक्षाका अन्य बालबालिकाको पनि पीसीआर जाँच गर्दा एकसाथ २२ बालबालिकाका कोरोना संक्रमण पुष्टि भएको हो।

डा. कुँवरका अनुसार यी बालबालिकको उमेर ११ देखि १४ वर्षबीच छ। गाउँलेले ती बालबालिकालाई अन्यत्र लान नदिएपछि छात्रावासमै आइसोलेसन बनाएर राखिएको छ। ती बालबालिकाको सम्पर्कका आएका अन्य बालबालिका एवं उनीहरूको परिवारका सदस्यलाई स्थानीय स्तरमै आइसोलेट गरिएको छ।

स्वास्थ्य विभागका प्रवक्ता एवं संयुक्त सञ्चालक डा. सुभाष पान्डेका अनुसार लामो समयपछि एकै ठाउँमा यति धेरै संख्यामा संक्रमित फेला परेका हुन्। यसले कोरोना महामारी अझै नसकिएको प्रस्ट भएको उनले बताए।

यसैले यसलाई हल्का रूपमा नलिई सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ। अमर उजालाबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad