समाज


प्रदेश २ मा अत्यधिक चिसोले जनजीवन कष्टकर

प्रदेश २ मा अत्यधिक चिसोले जनजीवन कष्टकर

शैलेन्द्र महतो
माघ १७, २०७७ शनिबार १५:३५,

केही दिन यता बढेको अत्यधिक जाडो र सीतलहरले तराई मधेशको जनजीवन कष्टकर बनेको छ। दिउँसो घाम नलग्दा झनै चिसो बढेको छ।

पूर्वी तराईका धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, बारा, पर्सा लगायतको जिल्लामा अत्यधिका चिसोले जानजीवन निकै कष्टकर बनेको हो।

जाडोले खास गरी अत्यधिक चिसोले लुगाफाटोको अभावमा गरिब, विपन्न, वृद्ध बढी प्रभावित भएका छन्। ग्रामिण भेगमा आगो तापेर गरिब तथा विपन्नहरु जाडो छल्ने गरेका छन्। चिसोले शहरबजारमा चहलपहल घटेको छ।

पुसयता हालसम्म प्रदेश २ मा चिसोले कठ्यांग्रिएर तथा आगो ताप्ने क्रममा जलेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ। तर प्रदेश २ प्रहरी कार्यालयले प्रदेशभर पुसयता जाडोले कठ्यांग्रिएर मात्र ६ जनाको मृत्यु भएको जनाएको छ।

पुसयता जाडोले कठ्यांग्रिएर ४ र आगो ताप्ने क्रममा २ गरी मात्र ६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए।

उनका अनुसार सिरहामा ३ जना, सर्लाहीमा २ जना र बारामा एकजनाको जाडोको कारण मृत्यु भएको छ। जसमा दुईजना महिला र एकजना बालक छन्।

अत्यधिक चिसोलाई मध्यजनर गर्दै विभिन्न स्थानीय तहले केही दिनको लागि विद्यालय बन्द गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad