हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश न. १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ।
मध्य तथा पुर्वी तराईका अधिकांश र पश्चिम तराईका एक/दुई स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने बाँकी ठाउँमा मौसम सामान्यतया सफा छ।
आज राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगकाा एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाले शनिबार साँझ ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १७ गते शनिबार
राती : प्रदेश न. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ १८ गते आइतबार
दिउँसो : प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ १९ गते सोमबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश न. १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमापातको सम्भावना साथै तराईका भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया