राजनीति


दिल्लीमा बम विस्फोटः इरानको संलग्नता आशंका, केही इरानी पक्राउ

दिल्लीमा बम विस्फोटः इरानको संलग्नता आशंका, केही इरानी पक्राउ

नेपालखबर
माघ १७, २०७७ शनिबार १३:३६,

भारतको राजधानी दिल्लीस्थित इजरायली दूतावासनजिक भएको विस्फोटको अनुसन्धान जारी छ।

शुक्रबार साँझ भएको विस्फोटमा कोही घाइते भने भएनन्, घटनास्थलमा रहेका तीनवटा कारका सिसा फुटे मात्र।

दिल्ली प्रहरीको स्रोतअनुसार घटना अनुसन्धानका क्रममा दिल्लीमा बसोबास गर्ने केही इरानी नागरिकसँग बयान लिने क्रम जारी छ। जसमा त्यस्ता इरानी पनि छन्, जसको भिसाको म्याद सकिएको छ।

घटनास्थलमा विस्फोटक पदार्थको अनुसन्धानका लागि राष्ट्रिय सुरक्षा गार्डको एक टोली घटनास्थलमा खटिएको छ। घटनास्थलबाट बरामद खाम र केही जेलेको अवस्थामा रहेको गुलाबी रङको सलको प्रहरीले अनुसन्धान गरिरहेको छ।

एफएसएलको टोलीले आज धेरैवटा प्रमाण संकलन गरेको छ।

प्रहरीले शंका गरिएको इरानी नागरिकलाई नियन्त्रणमा लिएर बयान लिइरहेको छ। स्रोतका अनुसार बम विस्फोट हुुनुअघि दुई जना संदिग्ध व्यक्ति कारबाट आएको सीसीटीभीको फुटेजमा देखिएको छ।

स्पेसल सेल टिमले एफआरआरओसँग पछिल्लो एक महिनाभित्र इरानबाट आउजाउ गर्ने यात्रुको तथ्यांक मागेको छ। प्रहरीले घटनामा इरानको संलग्नता हुन सक्ने आशंका गरेको छ।

याे पनि : दिल्लीमा इजरायली दूतावासनजिक विस्फोट: सीसीटीभी फुटेजबाट प्रहरीले फेला पार्‍याे ठूलो प्रमाण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad