धनुषाबाट पाँचहजार घुस रकमसहित नेपाल विद्युत प्राधिकरणका चार जना कर्मचारी अख्तियारको फन्दामा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास खटेको अख्तियारको टोलीले शुक्रबार घुससहित महेन्द्रनगरस्थित विद्युत प्राधिकरण अन्तर्गत ढल्केवर फ्युज शाखामा कार्यरत चार जना कर्मचारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कर्मचारीहरु जगत नारायण साह, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतो रहेको अख्तियारले जनाएको छ।
उनीहरुलाई मिथिला नगरपालिका–५ स्थित विश्रामपुरबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।
एक कुखुरा फर्ममा विद्युत जडान गरी दिएवापत सेवाग्राहीसँग गैरकानूनी रुपमा पाँच हजार घुस लिइरहेको बेला उनीहरुलाई पक्राउ गरेको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार उनीहरुमाथि थप अनुसन्धन भइरहेको छ।

प्रतिक्रिया