ad ad

प्रविधि


सात महिना भइसक्दा पनि प्रतिबन्ध फुकुवा गर्ने नदेखेपछि भारतको कर्मचारी हटाउँदै टिकटक

सात महिना भइसक्दा पनि प्रतिबन्ध फुकुवा गर्ने नदेखेपछि भारतको कर्मचारी हटाउँदै टिकटक

नेपालखबर
माघ १५, २०७७ बिहिबार ७:१८,

प्रतिबन्ध झेलिरहे पनि हालसम्म टिकटकले भारतमा दुई हजार कर्मचारीलाई तलब दिइरहेको थियो।

तर त्यहाँको सरकारले आफूमाथि लगाएको प्रतिबन्धलाई हटाउने संकेत नदिएपछि टिकटकले भारतका कर्मचारीलाई हटाउन थालेको छ।

भारतले गतवर्षको जुन महिनामा टिकटकसहित ५९ चिनियाँ एप्सहरुलाई साइबर सुरक्षा खतरा बढेकाले प्रतिबन्ध लगाएको बताएको थियो।

गलवान उपत्यकामा झडप भएपछि र २० भारतीय सेनाको मृत्यु भएपछि भारतले उक्त कदम चालेको थियो।

भारतले यी एप्सहरुले भारतीय डेटा चोरी गर्ने गरेको आशंका गरेको थियो। यद्यपी टिकटकले भने भारतीय प्रणालीमै रहेर आफूले यहाँ सेवा दिने बताएको थियो।

तर त्यहाँको सरकार टिकटकको भनाइमा असमर्थ भएपछि टिकटकले आफ्नो चाहना हुँदा हुँदै भारतबाट कर्मचारी हटाउन बाध्य भएको बताएको छ।

टिकटकले आफ्नो आधिकारिक बयानमा भनेको छ,‘हामीले लगातार आफ्नो एप्सलाई स्थानीय कानुन र नियम्अनुसार ढाल्ने कोशिस गरेका थियौं। हामीले सरकारको चिन्तालाई पनि हटाउने प्रयास गरेका थियौं। सात महिनामा भएका सबै प्रयास बाबजुद पनि हामीले फेरि सेवा दिने अनुमति कहिले पाउँछौं त्यसको टुंगो छैनौं।’

भारतमा टिकटकको दुई हजारभन्दा बढी कर्मचारी छ। टिकटकले बिस्तारै यी सबै कर्मचारीलाई हटाउँदै लानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .