ad ad

समाज


भारतमा किसान आन्दोलनमा प्रहरीले गोली चलायो, एकको मृत्यु

भारतमा किसान आन्दोलनमा प्रहरीले गोली चलायो, एकको मृत्यु

नेपालखबर
माघ १३, २०७७ मंगलबार ११:६,

किसानहरुले आज देशका विभिन्न स्थानमा सरकारले ल्याएको कृषि कानुनविरद्ध ट्याक्टर र्‍याली निकालेका थिए।

सो क्रममा दिल्लीको आईटीओ मेट्रो स्टेसन नजिकै किसान र प्रहरीबीच झडप हुँदा एक किसानको मृत्यु भएको छ।

हाल किसानहरुले उत्तराखण्डका मृत किसान नवनित सिंहको शवलाई अगाडि राखेर प्रहरीमाथि ढुंगामुडा गरिरहेको बताइएको छ।

किसानहरुका अनुसार उनको शरीरमा गोली लागेको छ। प्रहरीले किसानलाई हटाउन अश्रु ग्यास प्रहार गर्नुको साथै लाठी चार्जसमेत गरेका छन्।

Tractor rally protesting farmers attempt to run over Delhi police tractor  video | India News – India TV

भारत सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा त्यहाँ जारी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या हालसम्म् २० भन्दाबढी पुगेको छ।

नयाँ कानुनका कारण आफूहरु आफ्नो उत्पादन लागतभन्दा कम मूल्यमा बेच्न बाध्य हुने किसानहरुको भनाइ छ।

कानुनले कृषि उत्पादन खरिद गर्ने कर्पोरेट संस्थाहरुलाई बलियो बनाउने र किसानले आफ्नो अन्नको भाउ नपाउने उनीहरु बताउँछन्। एजेन्सी

Farm laws: Farmers enter Red Fort and hoist flags; one dead after violence  in ITO, say

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .