ad ad

समाज


भोलि नेपालमा कोरोनाविरुद्ध पहिलो खोप कसले लगाउँदै छन्?

भोलि नेपालमा कोरोनाविरुद्ध पहिलो खोप कसले लगाउँदै छन्?

नेपालखबर
माघ १३, २०७७ मंगलबार ८:१०,

नेपालमा भोलि अर्थात् बुधबार बिहान १० बजे देशभर एकसाथ कोरोना खोप लगाउने अभियान सुरु गरिँदै छ।

धेरैलाई जिज्ञासा हुन सक्छ- पहिलो खोप कसले लगाउला?

भोलि भर्चुअल कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर एकसाथ खोप अभियान उद्घाटन गर्ने छन्।

त्यस क्रममा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पहिलो खोप लगाउने छन्।

‘कोरोनाको पहिलो केस हेर्ने पनि हामी नै हौं,’ मंगलबार दिउँसो नेपालखबरसँग डा. राजभण्डारीले भने, ‘डाक्टरले त खोप लगाइराख्या छन् भनेर जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्न मैले सुरुमा खोप लगाउने निधो गरेको हुँ।’

नेपाललाई भारतबाट अनुदानस्वरूप ४ लाख ५० लाख डोज कोभिसिल्ड खोप प्राप्त भइसकेको छ र त्यो सातै प्रदेशमा पुर्‍याइसकिएकाे छ। भारतले जम्मा १० लाख डोज खोप दिने भनेको छ। बाँकी डोज अर्काे चरणमा आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

डा‍. राजभण्डारीका अनुसार शुक्रराज अस्पतालका २६३ जना डाक्टर/स्वास्थ्यकर्मीले खोप लगाउनेछन्।

उनका अनुसार भारतबाट प्राप्त कोरोना खोप (कोभिसिल्ड) तुलनात्मक रूपमा सुरक्षित छ।

‘अहिलेसम्म यो एकदम सुरक्षित देखिएको छ, यसबाट त्यस्तो गम्भीर लक्षण देखिएको छैन,’ उनले भने, ‘भारतलगायत धेरै देशमा यसको परीक्षण गरिएको छ, जसको नतिजा राम्रो देखिएको छ।’

थप विवरण :  माघ १४ गते १० बजेबाट देशभरबाट एकसाथ कोरोना खोप अभियान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .