ad ad

समाज


चीनको सुनखानीमा थुनिएका ९ को मृत्यु, ११ जनाको जीवितै उद्धार

चीनको सुनखानीमा थुनिएका ९ को मृत्यु, ११ जनाको जीवितै उद्धार

नेपालखबर
माघ १३, २०७७ मंगलबार ७:१२,

११ जनाका यसैहप्ताको आइतबारसम्ममा उद्धार गरिएको थियो। अन्य ९ जना भने उद्धारका क्रममा मृत भेटिएको बीबीसीले जनाएको छ।

चीनको पूर्वी साङदोङ प्रान्तको एक सुनखानीमा विस्फोट हुँदा सयौं मिटर भित्र ती मजदुरहरु फसेका थिए।

उक्त घटनामा ६३३ जना उद्धारकर्मी र ४०७ वटा उपकरण फिल्डमा परिचालन गरिएको थियो।

खानीभित्र करिब ६०० मिटरको गहिराईमा ती मजदूरहरु गत जनवरी १० मा फसेका थिए। उक्त खानीस्थल पूर्वी साङदोङ प्रान्तको यान्ताईस्थित किझियामा रहेको छ।

उद्धारकर्ताहरुले खानीभित्र फसेका व्यक्तिका लागि ढुङ्गामा ड्रिल गरेर खाना, औषधि र अन्य सरसामान भित्र पठाएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .