ad ad

कारोबार


एनआईसी एसिया बैंकको डेबिट कार्ड लिन अनलाइनबाटै आवेदन दिन सकिने

एनआईसी एसिया बैंकको डेबिट कार्ड लिन अनलाइनबाटै आवेदन दिन सकिने

नेपालखबर
माघ १३, २०७७ मंगलबार ७:९,

एनआईसी एसिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो।

ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइटमा रहेको आईसर्भिस डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ।

उक्त आईसर्भभित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खातासम्बन्धी विवरण उल्लेख गरी भेरिफाइ प्रमाणित गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडि बढ्नेछ।

त्यसपश्चात ग्राहकले इन्स्ट्यान्ट कार्ड वा नेम इम्बोस्ड कार्ड तथा आफूलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको छ।

यस प्रक्रियाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएसमार्फत रेफरेन्स कोडसहित जानकारी गराइनेछ।

ग्राहकको आवेदनअनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकहरूलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था समेत गरेको छ।

उक्त रेफरेन्स कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई विना कुनै झन्झट सोझै ग्राहक सेवा काउण्टरमार्फत आफूले अनुरोध गरेको डेबिट कार्ड प्राप्त गर्न सक्नेछन्।

बैंकले ल्याएको यस अनलाइन डेबिट कार्ड अनुरोध सुविधाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने झन्झटिलो परम्पराबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .