ad ad

समाज


मास्क कमै मात्रामा लगाउने मेक्सिकोका राष्ट्रपति आन्द्रेसलाई भयो कोरोना संक्रमण

मास्क कमै मात्रामा लगाउने मेक्सिकोका राष्ट्रपति आन्द्रेसलाई भयो कोरोना संक्रमण

नेपालखबर
माघ १२, २०७७ सोमबार ८:४४,

तर उनमा कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको छ।

सामाजिक संजालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भनेका छन्, “म कोभिड–१९ बाट संक्रमित भएको छु। मलाई देखिएका लक्षणहरु सामान्य छन् र मैले औषधि उपचार सुरु गरिसकेको छु।”

बामपन्थी झुकाव राख्ने राष्ट्रपति ओब्राडोर सार्वजनिक कार्यक्रमहरुमा बिरलै मास्कमा देखिन्छन्। उनी महामारीको चरम अवस्थाका दिनहरुमा पनि दिनहुँजसो सार्वजनिक कार्यक्रमहरुमा उपस्थित भएका थिए।

राष्ट्रपति ओब्राडोरलाई सन् २०१३ मा हृदयाघात भएको थियो भने उनलाई हाइपरटेन्सनको समस्या पनि छ। यस्ता रोगहरु भएका व्यक्तिलाई कोभिड–१९ को संक्रमण खतरनाक मानिन्छ।

मेक्सिकोमा गत डिसेम्बर २४ देखि खोप अभियान सुरु भइसकेको छ। मेक्सिकोले फाइजरले उत्पादन गरेको खोपका अतिरिक्त अस्ट्राजेनिका र अक्सफोर्डले विकास गरेको खोप पनि प्रयोगमा ल्याउने जनाइसकेको छ।

मेक्सिकोमा हालसम्म कोरोना संक्रमित झण्डै एक लाख ५० हजारको मृत्यु भइसकेको छ भने १७ लाख ६३ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .