ad ad

समाज


धनुषामा ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु

धनुषामा ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु

नेपालखबर
माघ १२, २०७७ सोमबार ६:४२,

धनुषामा ट्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ।

ज्यान जानेमा ट्याक्टर चालक धनुषाको विदेह नगरपालिका–३ गोबराही बस्ने वर्ष ३० का विनाेद कुमार महरा छन्।

सोमबार विहान साढे ११ बजे ठाढीबाट माटो लिन दुहवीतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा स्टेरिङले च्यापिएर महराको घटनास्थलमै मृत्यु भएको सीमा प्रहरीचोकी दुहवीका सई हिलस कुमार सिंहले जानकारी दिए।

ट्याक्टरको नम्बर भने नखुलेको र घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .