नयाँ कोरोना भाइरस तीव्र गतिमा फैलिने मात्र होइन, यो पुरानोभन्दा घातक पनि भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सुरुमा यो देखापरेको देश बेलायतकै वैज्ञानिकले गरेको अनुसन्धानको प्रारम्भिक प्रमाणले आनुवांशिकता परिवर्तन गरी नयाँ रूप लिएको कोरोनाबाट हुने मृत्यु दर पनि पहिलेको भाइरसको भन्दा बढी भएको देखाएको हो।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अनुसन्धानको प्रारम्भिक प्रमाणले नयाँ प्रकारको कोरोना भाइरस थप घातक देखाएको जानकारी दिएका हुन्। तर यसबारे विस्तृत जानकारीका लागि थप अनुसन्धानको खाँचो रहेको वैज्ञानिकले बताएका छन्। बीबीसी
3
Shares

प्रतिक्रिया